← समाचारमा फर्कनुस्
Football Sep 29, 2026 · Swadesh

फ्रान्सको जितमा ओलिस निर्णायक

फ्रान्सको जितमा ओलिस निर्णायक

माइकल ओलिसले खेल सकिन दुई मिनेट अगाडि गरेको एक मात्र गोलको मदतले फ्रान्सले यूईएफए नेसन्स लिगमा सोमबार लगातार दोस्रो जित निकालेको छ । यसक्रममा ब्रुसेन्समा भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराएको हो ।

प्रशिक्षकमा जिनेदिन जिदान आएयता फ्रान्स उत्कृष्ट सुरुआत लिन सफल रहेको छ । अर्कोतर्फ इटालीले प्रशिक्षकमा रोबर्टो मानचिनी फर्केयता पहिलो जित निकालेको छ । बेल्जियमविरुद्धको पहिलो खेल गुमाएयता इटालीले टर्कीलाई सजिलै ४–१ ले हराएको हो ।

अन्य खेलमा उत्तरी आयरल्यान्ड र हंगेरीबीचको खेल गोलरहित बराबरी टुंगेको छ भने स्विडेनले पोल्यान्डलाई ३–१ र बोस्निया एन्ड हर्जगोभिनाले रोमानियालाई ४–२ ले पराजित गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →