← समाचारमा फर्कनुस्
Football Nov 18, 2024 · Swadesh

फ्रान्स शीर्ष स्थानमा

फ्रान्स शीर्ष स्थानमा

काठमाडौँ । इटालीलाई हराउँदै फ्रान्स युईएफए नेसन्स लिग अन्तर्गत समूह ए२ को खेलमा शीर्ष स्थानमा उक्लिएाको छ।  

आइतबार राति भएको खेलमा फ्रान्सले इटालीलाई ३–१ ले पराजित गरेको हो। 

खेलको दोस्रो मिनेटमै एड्रियन राबियोटले लुकास डिनको कर्नरमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएको थिए। 

३३औँ मिनेटमा डिनको फ्रि–किकबाट इटालीका गोलरक्षक गुइलमो भिकारियोको आत्मघाती गोल गरेका थिए। ३५औँ मिनेटमा इटालीका एन्ड्रिया क्याम्बियासोले एक गोल फर्काएका थिए। 

पहिलो हाफमा २–१ को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा १ गोल थपेको थियो। ६५औँ मिनटमा राबियोटले हेडर गोल गर्दै फ्रान्सको जित पक्का गरे। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →