← समाचारमा फर्कनुस्
Football Jul 01, 2026 · Swadesh

फ्रान्स सजिलै अन्तिम १६ मा

फ्रान्स सजिलै अन्तिम १६ मा

केयलिन एमबापेले गरेको दुई गोलको मदतले फ्रान्सले विश्वकप २०२६ मा बुधबार स्विडेनलाई सजिलै ३–० ले पराजित गरेको छ र प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । अब क्वाटरफाइनल प्रवेशका लागि फ्रान्सले पाराग्वेसँग खेल्नेछ ।

न्युयोर्क न्युजर्सि स्टेडियम एमबापले ४३ औं मिनेटमा गोलको खाता खोलेपछि ७६ औं मिनेटमा अर्को गोल थपे । यस विश्वकपमा एमबापेले गरेको गोल संख्या छ पुगेको छ । उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीमा अर्जेन्टिनाका लियोनल मेसीसँगै शीर्षमा छन् ।

फ्रान्सका लागि एक गोल ब्राडली बारकोलाको नाममा रह्यो र उनले ५३ औं मिनेटमा बललाई पोस्टको दिशा दिएका हुन् । यो जितपछि फ्रान्सले आफ्नो नाममा रहेको उपाधिको बलियो प्रत्यासीको छविलाई न्याय पनि गरेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →