TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jul 18, 2026 · Swadesh

तेस्रो स्थानका फ्रान्स र इङ्ल्यान्ड खेल्दै

तेस्रो स्थानका फ्रान्स र इङ्ल्यान्ड खेल्दै

जारी फिफा विश्वकप २०२६ को तेस्रो स्थानका लागि चिरपरिचित प्रतिद्वन्द्वी फ्रान्स र इङ्ल्यान्ड भिड्दै छन्। हार्ड रक स्टेडियममा हुने यस खेल रातीको २ः४५ बजे हुनेछ ।

सेमिफाइनलमा फ्रान्स स्पेनसँग २-० ले र इङ्ल्यान्ड अर्जेन्टिनासँग २-१ ले पराजित भएको थियो।


समग्र हेड-टु-हेड रेकर्ड 

विगत हेर्दा फ्रान्स विरुद्ध इङ्ल्यान्डको पल्ला भारी देखिन्छ:

कुल खेल: ३२

इङ्ल्यान्डको जित: १७

फ्रान्सको जित: १०

बराबरी खेल: ५


विश्वकप इतिहास

विश्वकपको मञ्चमा यी दुई टोलीबीच हालसम्म ३ पटक प्रतिस्पर्धा भएको छ, जसमा इङ्ल्यान्डले २ र फ्रान्सले १ खेल जितेका छन्:

१. सन् १९६६ (समूह चरण): इङ्ल्यान्ड २–० फ्रान्स

२. सन् १९८२ (समूह चरण): इङ्ल्यान्ड ३–१ फ्रान्स

३. सन् २०२२ (क्वार्टरफाइनल): फ्रान्स २–१ इङ्ल्यान्ड 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →