← समाचारमा फर्कनुस्
Football Oct 23, 2024 · Swadesh

चौथो मालिकादेवी कप : क्वाटरफाइनल समिकरण पूरा

चौथो मालिकादेवी कप : क्वाटरफाइनल समिकरण पूरा

सिन्धुपाल्चोक । चौथो मालिकादेवी कपको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता २०८१ को क्वाटरफाइनल समिकरण पूरा भएको छ। 

बुधबार प्रि–क्वाटरफाइनलका चार खेल भएसँगै अन्तिम आठमा पुग्ने सबै टोलीको टुंगो लागेको हो। 

प्रतियोगिता अन्तर्गत बुधबार भएको पहिलो खेलमा वारियर्स एफसीले स्याउले टिम शिल्डलार्ई २–१ गोलले पराजित गरेदै अन्तिम आठमा प्रवेश गर्यो।

दोस्रो खेलमा सुनकोशी बीले  साँगाचोक युथ क्लवलाई पेनाल्टी सटआउटमा ५–४ गोलले पराजित गरेको हो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा सुनकोशीले बाजी मार्यो।

तेस्रो खेल चौतारा स्पोर्टिङ क्लबले सिँहमती युब क्लब ३–० ले पराजित गर्यो पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको स्पोर्टिङ दोस्रो हाफमा भने तीन गोल गर्न सफल भयो।

यस्तै, दिनको चौथो तथा अन्तिम खेलमा रानीटार युवा क्लबलाई सविक विजेता रोयल फेमेली ३–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो। । 

अब बिहिवार क्वाटरफाइनलका सम्पुर्ण खेल हुनेछ। क्वाटरफाइनलको पहिलो खेल सुकुटे युवा जागरण मन्च र राई एफसीबीच बिहान ११स्४५ बजे हुनेछ। 

दोस्रो खेल वारियर्स एफसी र सुनकोशी बि बिच दिनको १ बजे, चौतारा स्पोर्टिङ क्लब र पोखरे युवा समाजबीच दिउँसो २स्४५ बजे र अन्तिम खेल रोयल फेमेली र धार्पा युवा क्लबबीच दिनको ४ बजे हुनेछ।

प्रतियोगिताको सेमिफाइनल शुक्रबार तथा फाइनल खेल शनिबार हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →