← समाचारमा फर्कनुस्
Football Feb 13, 2025 · Swadesh

चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि नेपाली टिम घोषणा

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्यप्रशिक्षक राजेन्द्र तामाङले चार देशीय महिला फुटबल च्याम्पियनसिपका लागि २३ सदस्यी नेपाली टोलीको घोषणा गरेका छन्।

मनमाया दमाई र सुस्मा तामाङलाई पहिलोपल्ट समेट्दै राजेन्द्रले बिहीबार आफ्नो टोली घोषणा गरेका हुन्। उनले घाइते रक्षक हीराकुमारी भुजेल र मिडफिल्डर दीपा शाहीको स्थानमा दुई नयाँ अनुहारलाई मौका दिएका हुन्। यस्तै, रेनुका हमला र चन्द्रा भण्डारीले टोलीमा पुनरागमन गरेका छन्।

फागुन ५ देखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने प्रतियोगितामा घरेलु टोली नेपालसँगै कीर्गिस्तान, म्यानमार र लेबननले सहभागिता जनाउने छ।

नेपालले फागुन ५ मा किर्गिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →