TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 27, 2025 · Swadesh

फरेस्टलाई हराएर सिटी पहिलो स्थानमा

फरेस्टलाई हराएर सिटी पहिलो स्थानमा

खेल सकिन सात मिनेट अगाडि रायन चेरकीले गरेको निर्णायक गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार नटिंघम फरेस्टलाई २–१ ले पराजित गरेको छ । यो जितपछि सिटी शीर्ष स्थानमा पनि उक्लेको छ ।


सिटी ग्राउन्डमा सिटीले टियानी रेन्डर्सको गोलले ४८ औं मिनेटमा अग्रता लिएको थियो । लगतै फरेस्टका लागि ५४ औं मिनेटमा ओमरी हटकिन्सनले बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला चेरकीले ८२ औं मिनेटमा विजयी गोल गरे ।


सिटीको १८ खेलबाट ४० अंक भएको छ । हारले फरेस्ट १८ अंकमा १७ औं स्थानमा रह्यो । आर्सनल शनिबारकै खेलमा ब्राइटनविरुद्ध भिड्दैछ र त्यसमा जित निकाल्दै उसले फेरि सिटीलाई उछिनेर शीर्ष स्थान कब्जा गर्न सक्नेछ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →