फरेस्टलाई फरक रणनीति चाहिने

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ सिरिजको १६ औं स्टोरी हुनेछ, नटिङघम फरेस्टमाथि । अब लिग आजै शुक्रबार रातिबाट सुरु हुँदैछ र हामीसँग चर्चा गर्नु बाँकी क्लब पनि धेरै छैनन् ।)
गत सिजन इंग्लिस प्रिमियर लिगमा रेलिगेसनको दावेदार मानिएको थियो, नटिङघम फरेस्टलाई । तर टिमले अचम्मैसँगै शीर्ष चारका लागि चुनौती थियो । अन्त्यमा फरेस्ट सातौं स्थानमा रह्यो र अब उसले युरोपा लिग खेल्दै छ । यो पनि आफैमा ठूलो उपलब्धी थियो ।
त्यसैले क्लबमा केही उत्साह त हुने नै छ । फरेस्ट ३० वर्षपछि युरोपमा खेल्दैछ । त्यसको अर्थ के भने प्रत्येक साता लगभग दुई खेल । गत सिजन प्रशिक्षक नुना स्पिरिटो सान्टुको नाममा आक्रामक फुटबल खेलेको थियो, बलमाथि अत्याधिक नियन्त्रण र गतिसहित ।
यसपल्ट फरेस्टले यसरी खेल्न सक्ने छैन्, त्यसैल टिमलाई नयाँ रणनीति चाहिन्छ । यस्तोमा यसपल्ट फरेस्टको प्रदर्शन कस्तो हुनेछ त ? यस्तै दबाबबीच फरेस्टलाई सम्भवतः शीर्ष दस स्थानमा आफूलाई राख्न पनि गाह्रो हुनेछ । टिमको प्रदर्शन धेरै हदसम्म तिनै प्रशिक्षक सान्टुको रणनीतिमा भर पर्नेछ ।
गत सिजनका मुख्य खेलाडी एन्थोनी इलान्गाले फरेस्ट छाडेका छन् र उनको अनुपस्थिति समस्या हुन सक्छ । यसबीच क्लबले केही नयाँ अनुहार पनि भित्र्याएको छ । फेरि क्लब आफै पनि आफ्नो घरेलु मैदान सिटी ग्राउन्डलाई पनि विस्तार गर्ने योजनामा छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |