← समाचारमा फर्कनुस्
वेस्ट ह्यामाथि फरेस्टको पुर्नआगमन जित

नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा मंगलबार वेस्ट ह्याममाथि २–१ को पुर्नआगमन जित निकालेको छ र उसले उसलाई धेरै राहत दिनेछ । यो जितपछि फरेस्टको २१ अंक भएको छ र १७ औं स्थानमा छ ।
यो रेलिगेसन क्षेत्रबाट सात अंक अगाडि हो । आफ्ना पछिल्ला पाँच खेलमा फरेस्टको यो पहिलो जित हो । वेस्ट ह्याम भने आफ्ना पछिल्ला दस खेलमा कुनै पनि जित निकाल्न असफल रहेको छ ।
वेस्ट ह्यामले लन्डन स्टेडियममा मुरिलोको आत्मघाती गोलमा अग्रता लिएको थियो । त्यसपछि निकोलस डोमिग्वेजले फरेस्टका लागि बराबरी गोल गरे । खेलको ८९ औं मिनेटमा मोर्गन गिब्स ह्वाइटले पेनाल्टीबाट निर्णायक गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women