← समाचारमा फर्कनुस्
डाइच आएयता फरेस्टको विजयी सुरुआत

नयाँ प्रशिक्षक आएयता विजयी सुरुआत । नटिङघम फरेस्टले बिहीबार युरोपा लिगमा यस्तै अवसर आत्मसात् गर्यो । सिन डाइचले क्लब सम्हालेयता फरेस्टले युरोपा लिगमा जोसे मोउरिन्होको पोर्टोलाई २–० ले हराएको छ । दुवै गोल पेनाल्टीमा भएका थिए ।
त्यसमध्ये मोर्गन गिब्स–ह्वाइट र इगोर जेससले प्रत्येक हाफमा एक एक गोल गरे । लगातार खराव प्रदर्शन गरिरहेको फरेस्टका लागि यो ठूलो राहतको उपलब्धीका रूपमा आएको छ । अर्को इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला भने उत्तिकै भाग्यमानी रहेन् ।
उसलाई गो अहेड इगल्सले २–१ ले हरायो । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगितामा डेनमार्कको मिथिल्यान्ड शीर्षमा रहेको छ । उसले अर्को खेलमा मकाबी टेल अभिभलाई ३–० ले हरायो । मिथिल्यान्डसँगै एससी ब्राग र लियोन तीन खेलाबाट नौ अंकसहित लिग तालिकामा अगाडि रहेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |