TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Apr 25, 2026 · Swadesh

सन्डरल्यान्डमाथि फरेस्टको पाँच गोल

सन्डरल्यान्डमाथि फरेस्टको पाँच गोल

नटिंघम फरेस्टले इंग्लिस प्रिमियर लिगमा शुक्रबार सन्डरल्यान्डलाई ५–० ले पराजित गरेको छ र यससँगै टिम रेलिगेसनबाट जोगिने लगभग निश्चित भएको छ । यो जितपछि फरेस्टको ३९ अंक भएको छ र यो रेलिगेसन क्षेत्रबाट आठ अंक अगाडि हो ।


अब रेलिगेसनमा पर्न बाँकी एक टिम वेस्ट ह्याम अथवा टोटनहममध्ये एक हुनेछ । उल्भ्स र बर्नली यसअघि नै रेलिगेसनमा परिसकेका छन् । स्टेडियम अफ लाइट्समा क्रिस उड, मोर्गन गिब्स, इगोल जेसस र इलिट एन्डरसनले गोल गरे । अर्को एक गोल आत्मघाती रह्यो ।


सन्डरल्यान्ड भने ४६ अंकमा ११ औं स्थानमा रह्यो । फरेस्ट अहिले लयमा देखिएको छ र उसले पछिल्ला छ खेलमा आफूलाई अपराजित राखेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →