← समाचारमा फर्कनुस्
Football Nov 18, 2025 · Swadesh

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

नेपालले एसियाकप छनोटको तेस्रो चरणमा मंगलबार लगातार पाँचौं हार बेहोरेको छ । क्वालम्पुरमा भएको खेलमा यसपल्ट दस खेलाडीमा सीमित नेपाललाई मलेसियाले १–० ले पराजित गरेको हो ।


पूरा खेल अवधिमा मलेसियाले एकपछि अर्को शृंखलाबद्ध आक्रमण बुने पनि एकै गोल मात्र गर्न सक्यो र यो फैसल हमिलको नाममा रह्यो । उनले ५६ औं मिनेटमा निर्णायक गोल गरे ।


यो जितपछि मलेसिया अर्को वर्ष हुने एसियाकपको छनोट नजिक पुगेको छ । लगातार पाँचौं जितपछि मलेसियाको १५ अंक भएको छ र चार टिममध्ये शीर्षमा छ । नेपाल भने शून्य अंकमा पुछारमा छ ।


नेपालको साँघुरो हारमा गोलरक्षक तथा कप्तान किरण लिम्बूले लगातार बचाउ गरिरहे र उनी नै खेलमा सबैभन्दा ब्यस्त खेलाडी रहे ।


खेलको अन्त्यतिर लाकेन लिम्बू रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे । त्यसमै मलेसियाले पेनाल्टीको अवसर पनि पाएको थियो । तर पाओलो गोल गर्न असफल रहे र उनको प्रहार बाहिरिएको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →