← समाचारमा फर्कनुस्
फियोरेन्टिना इन्टरसामु कमजोर

इन्टर मिलानले बुधबार राति इटालीको सिरी ए मा फियोरेन्टिनालाई ३–० ले पराजित गरेको छ । यो नतिजाले इन्टर अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ भने फियोरेन्टिनामाथि रेलिगेसनको दबाब अझ चर्केको छ ।
यो जितपछि इन्टरको नौ खेलका १८ अंक भएको छ । खराव लयबाट गुज्रिरहेको फियोरेन्टिनाको भने नौ खेलबाट चार अंक मात्र छ र १९ औं स्थानमा कमजोर स्थितिमा छ ।
सानसिरोमा भएको खेलमा हाकान चाहालोलु ६६ र ८८ औं मिनेटमा दुई गोल गरे । अर्को गोल पिटर सुचिचले ७१ औं मिनेटमा गरे ।
अन्य खेलमा क्रेमोन्सले जेनोआलाई २–० ले हरायो भने बोलोग्ना र टुरिनोले गोलरहित बराबरीमा चित्त बुझाए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |