← समाचारमा फर्कनुस्
काठमाडौं महानगरले नेपाल र बंगालादेशबीचको फाइनल तीन ठाउँमा देखाउने

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधीका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौं महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
खेल हेर्न धेरै दर्शकहरुलाई चाहना भए पनि खेल मैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो।
खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरुलाई अनुरोध गरेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |