← समाचारमा फर्कनुस्
Football Oct 13, 2025 · Swadesh

फारोको स्तब्धपूर्ण जितमा एगनारसन नायक

फारोको स्तब्धपूर्ण जितमा एगनारसन नायक

मार्टिन एगनारासनले खेल सकिन नौ मिनेट अगाडि गरेको निर्णायक गोलको मदतले फारो आइल्यान्डले आइतबार युरोपेली विश्वकप छनोटमा चेक गणतन्त्रमाथि स्तब्धपूर्ण २–१ को जित रचेको छ । 

टोरसभोलरमा भएको खेलमा फारोले हानस सोरेसनको गोलले ६७ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि एडम काराबेचले ७८ औं मिनेटमा चेकका लागि बराबरी गोल फर्काए । 

खेल बराबरीतर्फ अग्रसर भएको बेला एगनारासनले विजयी गोल गरे र यस जितपछि समूह ‘एल’ बाट फारोको विश्वकपमा छनोट हुने झिनो सम्भावना कायम रह्यो । 

आइतबारका अन्य खेलमा डेनमार्कले ग्रिसलाई ३–१, पोल्यान्डले लिथुवानियालाई २–०, रोमानियाले अस्ट्रियालाई १–० र क्रोएसियाले जिब्राल्टरलाई ३–० ले पराजित गरेको छ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →