नेपाल फिफा वरीयतामा यथावत

नेपाल फिफा वरीयतामा यथावत रहेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार जारी गरेको वरीयताअनुसार नेपाल यथा स्थान १८२ औं स्थानमा नै रहेको छ।
नेपालले हालै मात्र मलेशियामा एएफसी एशिया कप छनोटअन्तर्गत खेलमा मलेशियामासॅंग १–० गोलले पराजितको भएको थियो । यस अघि बंगलादेश संगको मैत्रिपुर्ण खेलमा २-२ गोलको बराबरी खेलेको थियो। नेपालको एएफसी एशिया कप छनोट यात्रा एक खेल बाकी रहदासम्म अंक विहिन रहेको छ ।
दक्षिण एसियामा सबैभन्दा अघि रहेको भारतको वारियता पनि यथावत १४२ औं स्थानमा रहेको छ । बंगलादेश पनि यथावत १८० औं स्थानमा, माल्दिभ्स १७३ यथावत, भुटान १८९ यथावत, श्रीलंका १९४ र पाकिस्तान १९९ यथावत स्थानमा छ ।
यस्तै विश्व वरीयतामा शीर्ष दश पनि यथावत रहेको छ। स्पेन पहिलो , अर्जेन्टिना दोस्रो फ्रान्स तेस्रो, इगंल्याण्ड चौथौं, ब्राजिल पांचौ स्थानमा पोर्चुगल छठौं, नेदरल्यान्ड्स सातौं, बेलजियम आठौं, जर्मनी नौवौ र क्रोयसिया दशौं स्थानमा उक्लिंएको छ।
एसिया महादेशमा जोर्डन ३ स्थान माथि उक्लदै ६४ औं पुगेको छ। यस्तै कतार ५१ बाट ५४ औं स्थानमा झरेको छ भने युएई ५७ बाट ५८ औं स्थानमा झरेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |