← समाचारमा फर्कनुस्
Football Nov 04, 2025 · Swadesh

एभरटनलाई बराबरीमा रोकेर सन्डरल्यान्ड चौथो

एभरटनलाई बराबरीमा रोकेर सन्डरल्यान्ड चौथो

सन्डरल्यान्ड यसै पल्ट बढुवा भएर इंग्लिस प्रिमियर लिगमा उक्लेको थियो र भनिएको थियो, ‘ब्ल्याक क्याट्स’ तुरुन्तै रेलिगेसनमा पर्नेछ । तर लामो र समृद्ध इतिहास भएको सन्डरल्यान्डले सबैको अनुमानलाई गलत सावित गर्दै यसपल्ट राम्रो खेलिरहेको थियो ।


यसैक्रममा सन्डरल्यान्डले सोमबार राति एभरटनलाई १–१ को बराबरीमा रोकेको छ र तालिकाको चौथो स्थानमा उक्लेको छ । उसको अगाडि तिनै तीन टिम छन्, जसलाई उपाधिका दावेदार मानिएको थियो, आर्सनल, म्यानचेस्टर सिटी र लिभरपुल ।


स्टेडियम अफ लाइटमा भएको खेलमा एभरटनले इलिमन एडिएयको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि ग्रानिट जाकाले दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा सन्डरल्यान्डका लागि बराबरी गोल फर्काए । सन्डरल्यान्डको १० खेलबाट १८ अंक भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →