एभरटनसँग नयाँ स्टेडियमको उत्साह

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ मा सहभागी हुने क्लबको विश्लेषण गर्ने क्रममा अब पालो, एभरटनको । यस सिरिज यो नवौं भाग हुनेछ ।)
पछिल्ला केही सिजन एभरटनको एउटै समस्या रह्यो, रेलिगेसनको डर । समृद्ध इतिहास भएको एभरटनले केही अवसरमा बल्लतल्ल रेलिगेसन बचाएको थियो । यस्तोमा मूल प्रश्न हो, के यसपल्ट पनि यो टिम रेलिगेसनको तनावबाट गुज्रिने छ त ? कम्तीमा यस्तो हुने छैन् ।
लिभरपुल सहरको यो क्लबले युरोपेली फुटबलमा छनोट हुनका लागि पनि चुनौती पेस गर्न सक्ने छैन् । बरू अंक तालिकाको पछिल्लो आधा भागमै रहनेछ, सम्भवतः १२ देखि १४ औं स्थानमा । क्लबका प्रशिक्षक हुन्, अनुभवी डेविड मोयसले, उनी फेरि एकपल्ट एभरटन फर्केका छन् ।
उनको नेतृत्वमा एभरटनको प्रदर्शन त्यति खराव हुने छैन्, जति यसअघिका केही सिजन थियो । अबको सिजन एभरटनका लागि विशेष भने रहनेछ, किनभने उसले यसपल्ट नयाँ स्टेडियममा खेल्दैछ । उसले गत सिजन आफ्नो स्थापनादेखि खेल्दै आएको गुडसन पार्क छाडेको थियो ।
अबको नयाँ स्टेडियम रहेको छ, हिल डिकसन । यसको दर्शक क्षमता रहेको छ, ५२ हजार ८ सय ८८ । अनि यसको निर्माणमा लागत परेको थियो, ८० करोड पाउन्ड । यही एउटा तथ्यले पनि एभरटनलाई राम्रो खेल्न प्रेरित गर्नेछ । तर एभरटनले यसपल्ट ट्रान्सफर मार्केटमा खासै चहलपहल भने देखाएको छैन् ।
एभरटनका खेलाडीमध्ये सबैभन्दा नाम हुनेछ, कप्तान सिमस कोलमन । उनी सम्भवतः एभरटनका लागि अन्तिम सिजन खेलिरहेका हुनेछन् । उनले पछिल्ला १६ सिजन एभरटनकै लागि बिताएका थिए । गुडसन पार्कको अन्तिम खेलमा उनी नै कप्तान थिए, जति बेला हिल डिकसनमा पहिलो खेल्नेछ, उनी नै कप्तान रहनेछन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |