← समाचारमा फर्कनुस्
Football Nov 25, 2025 · Swadesh

ओल्ड ट्रायफोर्डमा एभरटनको अनौठो जित

ओल्ड ट्रायफोर्डमा एभरटनको अनौठो जित

एभरटनले इंग्लिस प्रिमियर लिगमा सोमबार त्यस्तो परिस्थितिमा म्यानचेस्टर युनाइटेडविरुद्ध जित निकालेको छ, जसलाई अनौठो र बिर्सनलायक मानिनेछ ।


ओल्ड ट्रायफोर्डमा भएको खेलमा दस खेलाडीमा सीमित एभरटन १–० ले विजयी रहेको हो र त्यसमा किरनन डेब्सबरीले २९ औं मिनेटमा आकर्षक गोल गरे ।


तर यस खेलको चर्चाको विषय भने इड्रिस गुएलाई देखाइएको सिधा रातो कार्ड रह्यो । आफ्नै साथी खेलाडी माइकल केनलाई प्रहार गरेपछि उनलाई मैदान छाड्न आदेश दिइएको हो ।


विश्व फुटबलमा आफ्नै टिमका खेलाडीमाथिको गलत व्यवहारका कारण रातो कार्ड देखाइने घटना दुर्लभ नै रहेको छ ।


यो जितपछि एभरटनको १८ अंक भएको छ र टिम ११ औं स्थानमा उक्लेको छ । अर्कोतर्फ युनाइटेड पनि १८ अंकमै सीमित रहेर १० औं स्थानमा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →