TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football May 08, 2026 · Swadesh

भिल्लाको फाइनल प्रतिद्वन्द्वी फ्रेबर्ग

भिल्लाको फाइनल प्रतिद्वन्द्वी फ्रेबर्ग

युरोपा लिगको फाइनल एस्टन भिल्ला र फ्रेबर्गबीच हुने भएको छ । इंग्लिस प्रिमियर लिग क्लब भिल्लाले सेमिफाइनल दोस्रो लेगमा नटिंघम फरेस्टलाई सजिलै ४–० ले हरायो र समग्रमा ४–१ को अग्रता लियो ।


भिल्ला पार्कमा भएको खेलमा ओली वाट्किन्स र इमि बेन्डियाले एक एक गोल गरे । यस्तै जोन म्याकगिनले दुई गोल थपे । अर्को सेमिफाइनल दोस्रो लेगमा फ्रेबर्गले ब्रागलाई ३–१ ले हराएर समग्रमा ४–३ को अग्रता लियो । फ्रेबर्गका लागि लुकास कुबेलरले दुई गोल गरे ।


भिल्ला ४४ वर्षयता पहिलो पटक युरोपेली फाइनलमा पुगेको हो र अब उसको सामु सन् १९९६ को लिगकप उपाधियता पहिलो ठूलो सफलता हात पार्ने अवसर तयार भएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →