← समाचारमा फर्कनुस्
Football Jul 20, 2025 · Swadesh

जर्मनी सेमिफाइनलमा

जर्मनी सेमिफाइनलमा

काठमाडौँ। फ्रान्सलाई पेनाल्टी सुट आउटमा हराउँदै जर्मनी महिला युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

स्वीजरल्याण्ड सेन्ट ज्याकोब-पार्कमा शनिबार राति सम्पन्न भएको खेलमा जर्मनीले फ्रान्सलाई ५-४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १-१ गोल गरेका थिए। खेलको १३औं मिनेटमा नै काथरिन हेनड्रीचले रातो कार्ड पाएपछि जर्मनी १० खेलाडीमा सिमित भएको थियो। 

 त्यसको दुई मिनेटपछि ग्रेस गेयोरोको गोलमा फ्रान्सले १–० को अग्रता बनायो। २५औं मिनेमा स्जोके नुस्केन गाोल गरेपछि जर्मनी खेलमा फर्कियो। त्यसपछि बाँकी समय दुबै टोलीबाट गाेल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो।

अब सेमिफाइनलमा जर्मनीले स्पेनको सामना गर्ने छ। यो सेमिफाइनल जुलाई २४ मा हुनेछ। त्यस्तै पहिलो सेमिफाइनल खेल जुलाई २३ मा इङल्यान्ड र इटालीबीच हुनेछ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →