← समाचारमा फर्कनुस्
इस्पनयोललको शानदार विजयी सुरुआत

इस्पनयोलले आइतबार स्पेनी ला लिगामा लेभान्टेलाई ३–० ले पराजित गर्दै नयाँ सिजन शानदार सुरुआत लिएको छ र यो जितका नायक रहे, रोबर्टो फर्नान्डेज । उनले पहिलो हाफमा दुई गोल गरे र इस्पनयोल तीन अंक बटुल्न सफल रह्यो ।
गत सिजन बार्सिलोना र रियल म्याड्रिडपछि तेस्रो स्थानमा आएको भिल्लारियल भने भाग्यमानी रहेन् र रसिङ सान्टेन्डरसँग २–२ को बराबरीमा चित्त बुझाउन बाध्य रह्यो । रेसिङ सान्टेन्डरले १४ वर्षपछि स्पेनी माथिल्लो डिभिजनमा पुर्नआगमन गरेको हो ।
रेसिङले दुई गोलको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन् । यस्तै सेभियाले रायो भालेकानोलाई २–१ ले हरायो । त्यसमा गुलेर्ल्मो म्याथिसले दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा निर्णायक गोल गरे ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |