← समाचारमा फर्कनुस्
युनाइटेडका प्रशिक्षक टेन ह्याग बर्खास्त

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले आफ्ना मुख्य प्रशिक्षक इरिक टेन ह्यागलाई बर्खास्त गरेको छ।
जारी सिजन लगातार क्लबको खराब प्रदर्शन पछि प्रशिक्षक ह्यागलाई बर्खास्त गरिएको हो।
२०२२ को अप्रिलमा म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बनेका ह्यागले क्लबलाई २०२३ को कारबाओ कप र २०२४ को एफए कप जिताएका थिए।
प्रिमियर लिगमा भने म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन यस सिजनमा पनि कायम रहेको छ। यस सिजनमा म्यानचेस्टर युनाइटेड अहिलेसम्म ९ खेलमा ११ अंक बटुलेर १४औं स्थानमा रहेको छ।
म्यानचेस्टर युनाइटेडले हाल क्लबका सहायक प्रशिक्षक रुड भान निष्टेलरोयलाई अन्तरिम प्रशिक्षक बनाएको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |