← समाचारमा फर्कनुस्
Football Oct 15, 2025 · Swadesh

इंग्ल्यान्डले काट्यो विश्वकपको टिकट

इंग्ल्यान्डले काट्यो विश्वकपको टिकट

इंग्ल्यान्ड विश्वकप २०२६ मा छनोट हुने पहिलो युरोपेली देश भएको छ । यो उपलब्धी चुम्न उसले मंगलबार रिगामा भएको खेलमा लात्भियामाथि सजिलो ५–० को जित हात पार्‍यो । 


त्यसमा एकपल्ट फेरि ह्यारी केन नायक रहे । उनले दुई गोल गरे र त्यसमध्ये दोस्रो गोल पेनाल्टीबाट भएको थियो । यस्तै एन्टोनी गोर्डेन र इबेरेची इजीले पनि एक एक गोल गरे । अर्को एक गोल भने आत्मघाती रह्यो ।


यो जितपछि इंग्ल्यान्ड युरोपेली छनोटको समूह ‘के’ को शीर्षमा रहने निश्चित भएको छ । उसले छनोटमा दुई खेल बाँकी छँदै विश्वकपको अन्तिम चरणमा प्रवेश गर्न सफल भएको हो । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →