← समाचारमा फर्कनुस्
Football Jul 27, 2025 · Swadesh

इंग्ल्यान्ड भर्सेस स्पेनः सबैले चाहे जस्तै फाइनल

इंग्ल्यान्ड भर्सेस स्पेनः सबैले चाहे जस्तै फाइनल

वुमेन्स युरो २०२५ को फाइनल आज आइतबार हुँदैछ, इंग्ल्यान्ड र स्पेनबीच । यो सबैले चाहे जस्तैको फाइनल रहेको छ । इंग्ल्यान्ड भयो युरोको डिफेन्डिङ च्याम्पियन । अनि स्पेन त झन विश्वकप नै च्याम्पियन । भनेपछि विश्व महिला फुटबलका दुई उत्कृष्ट टिमबीच नै उपाधिको भिडन्त हुनेछ ।

फाइनल हुनेछ, स्विटरल्यान्डको बासेलमा । खेल नेपाली समय अनुसार राति पौने दस बजे सुरु हुनेछ । तय छ, फाइनलमा सबथोक हुनेछ, सनसनी, रोमाञ्चकता, तीव्र प्रतिस्पर्धा । त्यति मात्र होइन्, तनाव र एक प्रकारको द्वन्द्व पनि । यस्तै परिस्थितिले त हो, खेल मज्जाको हुने ।

दुवै टिमले तय गरेको फाइनल यात्रा भने फेरि ठ्याक्कै फरक छ । स्पेन सजिलै फाइनल पुग्यो भन्दा हुन्छ । उसलाई तनाव भएको एउटै खेल जर्मनीविरुद्धको सेमिफाइनल थियो । त्यसमा स्पेन अतिरिक्त समयको खेलमा विजयी रहेको थियो । इंग्ल्यान्डको यात्रा भने नाटकीय रह्यो ।

नकआउट चरणका खेलमा इंग्ल्यान्ड दुई पल्ट प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको थियो । तर दुवै अवसरमा उत्कृष्ट पुर्नआगमन रच्दै टिम अगाडि बढ्न सफल रह्यो । त्यस अर्थमा फुटबलका पण्डित मान्छन्, इंग्ल्यान्ड फाइनलको ‘अन्डर डग’ हो, जितका लागि बलियो त स्पेन नै हो ।

इग्ल्यान्डको महिला राष्ट्रिय टिम लगातार तेस्रो ठूलो प्रतियोगिताको फाइनल खेल्दैछ र उसमा स्पेनमाथि बदला लिने उद्देश्य पनि हुनेछ । इंग्ल्यान्डले सन् २०२२ को युरो जितेयता एक वर्षपछि विश्वकपको फाइनल भने गुमाएको थियो । यो अरू कोहीसँग होइन्, स्पेनविरुद्ध नै थियो ।

अनि युरोमा स्पेन क्वाटरफाइनलबाट बाहिरिएको थियो र त्यति बेला उसलाई हराएको टिम पनि अरू कुनै नभएर इंग्ल्यान्ड नै थियो । इंग्लिस कप्तान ले विलियसनले भन्छिन्, ‘फाइनल जित्नुको अर्थ के हुनेछ, त्यो हामीलाई थाहा छ, त्यसैले हामीले यो खेलमा सक्दो सबै दिएर खेल्नुछौं ।’

स्पेनी टिमकी प्रमुख खेलाडी हुनेछिन्, आइटाना बोनमटी । उनी भन्छिन्, ‘हाम्रो उद्देश्य पनि उपाधि जित्नु नै हो । इंग्ल्यान्ड र स्पेन दुवै टिमका खेलाडीलाई एक अर्कोबारे सबै थाहा छ, दुवैले एकअर्कोविरुद्ध धेरै पल्ट खेलेको पनि छ । त्यसैले फाइनलमा गज्जबको प्रतिस्पर्धा हुनेछ ।’

खासमा आम फुटबल प्रेमीले चाहेको पनि त त्यही हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →