← समाचारमा फर्कनुस्
Football Apr 23, 2025 · Swadesh

एनएसएल : फाइनल प्रवेशको लागि धनगढी र पोखरा भिड्दै

एनएसएल : फाइनल प्रवेशको लागि धनगढी र पोखरा भिड्दै

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेशका लागि आज पोखरा थन्डर्स र धनगढी एफसी खेल्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने खेल साँझ ६ बजेबाट शुरू हुनेछ। यसअघि आइतबार भएको एलिमिनेटरमा चितवनलाई हराउँदै पोखरा दोस्रो क्वालिफायरमा पुगेको हो।

त्यस्तै, गत शनिवार भएको पहिलो क्वालिफायरमा धनगढी साविक विजेता ललितपुर सिटीसँग पराजित भएको थियो। पोखरा र धनगढीबीच हुने खेलको विजेताले उपाधिका लागि ललितपुर सिटीसँग शनिबार खेल्नेछ।

आजको खेल हेर्न ब्राजिलका चर्चित फुटबलर रोबर्टाे कार्लाेस दशरथ रङ्गशाला जाने भएका छन्। कार्लोस मंगलबार काठमाडौं आइपुगेका हुन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →