← समाचारमा फर्कनुस्
एल्चे र सोसिडाडको बराबरी

स्पेनी ला लिगामा एल्चे र रियल सोसिडाडले शनिबार राति १–१ को बराबरी खेलेका छन् । एल्चेले आफ्नो घरेलु मैदान यानुएल मार्टिनेज भालेरोमामा अगाडि रहेको स्थितिबाट बराबरीमा चित्त बुझाएको हो ।
एल्चेले ५७ औं मिनेटमा एल्भारो रोड्रिग्वेजको गोलले अग्रता लिएको थियो । तर मिखेल आयारजबलले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि सोसिडाड एक अंक बटुल्न सफल रह्यो ।
यो नतिजापछि एल्चे १२ खेलबाट १५ अंकमा नवौं स्थानमा रह्यो । सोसिडाड भने समान १२ खेलबाट १३ अंकमा संघर्ष गरिरहेको छ र १४ औं स्थानमा छ । यो रेलिगेसन क्षेत्रबाट चार अंक मात्र अगाडि हो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |