एल क्लासिकोमा रियलको हार

काठमाडौं । एल क्लासिको बार्सिलोनासँग रियल मड्रिड पराजित भएको छ।
आइतबार राति सम्पन्न स्पेनिस ला लिगा अन्तर्गत ३५औं साताको खेलमा बार्सिलोनाले रियललाई ४-३ गोल अन्तरले पराजित गरेको हो।
कुनै सयम खेलमा २-० गोलले पछि परेको बार्सिलोनाले पुनरागमन गर्दै जित हासिल गर्यो।
खेलमा पहिलो हाफमा ६ गोल भएका थिए भने दोस्रो हाफमा एक गोल भएको थियो। खेलको पाँचौं र १४औं मिनेटमा किलीयन एम्बाप्पेले गोल गर्दै रियललाई २-० को अग्रता दिलाएपनि बार्सिलोनाले खेलको १९औं, ३२औं, ३४औ र ४५औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा ४-२ को अग्रता लिएको थियो।
बार्सिलोनाका लागि राफिन्हाले २ गोल गरेका थिए भने लामिन यमल र एरिक ग्रासियाले एक एक गोल गरेका थिए। खेलको दोस्रो हाफको ७०औ मिनेटमा एम्बाप्पेले गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेपछि खेल ४-३ काे अबस्थामा आएकाे थियाे।
यो जितपछि बार्सिलोनाको ३६ खेलमा ८२ अंक भएको छ र दोस्रो स्थानमा रहेको रियलभन्दा ७ अंकले अगाडी रहेको छ। अब लिगमा ३ खेल बाँकी हुँदा बार्सिलोनाले ७ अंकको महत्वपूर्ण अग्रता हासिल गरेको छ। रियलको ३५ खेलबाट ७५ अंक छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |