← समाचारमा फर्कनुस्
Football Oct 09, 2025 · Swadesh

इजिप्टले काट्यो विश्वकपको टिकट

इजिप्टले काट्यो विश्वकपको टिकट

इजिप्ट विश्वकप २०२६ मा छनोट हुने तेस्रो अफ्रिकी टिम बनेको छ र यसका नायक रहे, मोहमद सलाह । यसका लागि उसले बुधबार भएको खेलमा जिबुटीलाई ३–० ले हरायो । लिभरपुलका लागि लय गुमाएका सलाहले आफ्नो देशका लागि उत्कृष्ट प्रदर्शन गरे ।


यो जितपछि इजिप्टले अफ्रिकी विश्वकप छनोटको समूह ‘ए’ मा पाँच अंकको अग्रता लिएको थियो र यो निर्णायक सावित भएको छ । अब समूहको दोस्रोमा रहेको बुरकिना फासोले अब इजिप्टलाई उछिन्न सक्ने छैन् ।


क्यासाब्लान्कामा भएको खेलमा लिभरपुलका स्टार खेलाडी सलाहले दुई गोल गरे । उनले १४ र ८४ औं मिनेटमा गोल गरे । पहिलो गोल भने इब्राहिम एडेलले आठौं मिनेटमा गरे । यसअघि मोरक्को र ट्युनिसिया विश्वकपका लागि छनोट भइसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →