← समाचारमा फर्कनुस्
अस्ट्रेलिया इजिप्टसँग हारेपछि एसियाली चुनौती समाप्त

इजिप्टले शनिबार विश्वकप २०२६ को अन्तिम १६ को यात्रा निश्चित गरेको छ र यसका लागि टाइब्रेकरमा ४–२ ले अस्ट्रेलियालाई हराएको छ । इजिप्टले विश्वकपको नकआउट चरणमा जित निकालेको यो नै पहिलो पटक हो ।
अस्ट्रेलियाको हारले यस विश्वकपमा एसियाको चुनौती समाप्त भएको छ । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा टुंगेको थियो । इजिप्टले इमाम असोरको गोलले १३ औं मिनेटमा अग्रता लिएको थिो ।
तर मोहमद ह्यारीको आत्मघाती गोलमा खेलको ५५ औं मिनेटमा बराबरीको स्थिति बनेको थियो । इजिप्टका लागि मोहमद सलाहसँगै चार खेलाडीले पेनाल्टीमा गोल गरे । अस्ट्रेलियाका लागि भने ज्याक्सन इरभिन र अवर माबिलले मात्र गोल गरे ।
ह्यारी सटर र लुकास हेरिङटन भने पेनाल्टीमा चुके । अब इजिप्टले अन्तिम १६ मा प्रवेशका लागि अर्जेन्टिना र केप भार्डेबीचको खेलको विजेताको सामना गर्नेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Sri Lanka Women |
1 | 0 | 0 |
| 4 | 1 | 0 | 0 |