TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 06, 2026 · Swadesh

इजिप्ट र नाइजेरिया पुग्यो अन्तिम आठमा

इजिप्ट र नाइजेरिया पुग्यो अन्तिम आठमा

उपाधिका प्रवल दावेदार रहेका इजिप्ट र नाइजेरियाले सोमबार अफ्रिकी कप अफ नेसन्सको अन्तिम आठको यात्रा निश्चित गरेको छ । लिभरपुलका मोहमद सलाहले अतिरिक्त समयको अन्त्यतिर गरेको गोलको मदतले इजिप्टले बेनिनलाई ३–१ ले हरायो ।


मोरक्कोमा भइरहेको प्रतियोगितामा इजिप्टका लागि अतिरिक्त समयमा पहिलो गोल गर्दै यासिर इब्राहिमले अग्रता दिलाएका थिए । अर्को खेलमा भिक्टर ओसमनको दुई गोलको मदतले नाइजेरियाले मोजाम्बिकलाई सजिलै ४–० हरायो ।



इजिप्ट प्रतियोगिताकै इतिहासको सबैभन्दा सफल टिम हो र उसले कीर्तिमान सात पल्ट उपाधि जितेको छ । तर सन् २०१० यता इजिप्ट च्याम्पियन भएको छैन्, त्यसैले यसपल्ट उपाधि चुम्ने प्रयासमा हुनेछ ।


इजिप्ट र नाइजेरियासँगै माली, सेनेल, क्यामरुन र आयोजक मोरक्को पनि क्वाटरफाइनल पुगिसकेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →