← समाचारमा फर्कनुस्
इजि कता जाँदै ? आर्सनल कि टोटनहम

एउटा तथ्य निश्चित भएको छ, इबेरची इजिले क्रिस्टल प्यालेस छाड्दै छन् । यस्तोमा प्रश्न हो, यी इंग्लिस खेलाडी जाँदैछन् चाहिँ कहाँ ? सुरुमा भनिएको थियो, उनी टोटनहम जाने छन् । पछि भनियो, उनी आर्सनल जाँदैछन् ।
इंग्लिस मिडियाको पछिल्लो समाचार मान्ने हो भने खासमा उनी टोटनहम जाने निश्चित जस्तै भइसकेको थियो, तर अन्त्यमा आर्सनल जाने भए । खेलाडी ‘ट्रान्सर’ कहिलेकाही नाटकीय हुन सक्छ, इजिको घटनामा पनि यस्तै भयो ।
सबैलाई थाहा छ, आर्सनल र टोटनहम लन्डनका दुई छिमेकी क्लब हुन्, तर एक आपसमा सबैभन्दा ठूला प्रतिद्वन्द्वी पनि । त्यसैले पनि इजि कता जाँदैछन्, त्यसमा कौतुहलता छ ।
आधिकारिक समाचार भने आउन बाँकी नै छ, तर आर्सनलले चाँडै आफूले इजिलाई किनेको घोषणा गर्न सक्नेछ । इजि आफै पनि आर्सनल समर्थक रहेछन्, त्यसैले पनि टोटनहम भन्दा उनका लागि ‘गनर्स’ नै ठीक रहेछ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |