← समाचारमा फर्कनुस्
मामेलोडी सनडाउन्समाथि डोर्टमण्डको जित

काठमाडौँ । जर्मनी क्लब बोरुसिया डोर्टमण्डले दक्षिण अफ्रिकी क्लब मामेलोडी सनडाउन्स एफसीमाथि विजयी हासिल गरेको छ।
शनिबार राति भएको खेलमा डोर्टमण्डले ४–३ ले पराजित गरेको हो।
डोर्टमण्डको जितमा फेलिक्स मेका, सेरहोउ गुइरासी र जोब बेलिङघमले एक एक गोल गरे भने एक गोल सनडाउन्सका खुलिसो मुडाउले आत्मघाती गोल गरे।
त्यस्तै सनडाउन्सका लागि लुकास रिबेरियो कोस्टा, इकराम रेयनर्स र लेबो मोथिबाले एक एक गोल गरेका थिए।
जितसँगै डोर्टमण्डको दुई खेलबाट ४ अंकसहित समुह एफको दोस्रो स्थानमा छ भने सनडाउन्स समान खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |