← समाचारमा फर्कनुस्
Football Nov 01, 2025 · Swadesh

डर्टमुन्डको साँघुरो जित

डर्टमुन्डको साँघुरो जित

सेरहोउ गुइरसीले पहिलो हाफमा गरेको एक मात्र गोलको मदतले बोरुसिया डर्टमुन्डले जर्मन बुंडेसलिगामा शनिबार राति असबर्गलाई १–० ले पराजित गरेको छ । यो साँघुरो जितसँगै डर्टमुन्ड दोस्रो स्थानमा उक्लेको छ ।


उसको नौ खेलबाट २० अंक भएको छ र यो शीर्ष स्थानमा रहेको बायर्न म्युनिकसँग चार अंकको दूरी हो । बायर्न आठ खेलबाट शतप्रतिशत जित निकालेर २४ अंकमा पहिलो स्थानमा छ ।


गुइरसले ३७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । असबर्ग भने नौ खेलबाट सात अंकमा १५ औं स्थानमा रहेको छ र उसमाथि रेलिगेसनको दबाब बढ्दै छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →