TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Dec 27, 2025 · Swadesh

डोरगुको गोलमा युनाइटेड विजयी

डोरगुको गोलमा युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शुक्रबार राति न्युकासल युनाइटेडलाई १–० ले हराएको छ र यससँगै अंक तालिकाको पाँचौं स्थानमा उक्लेको छ । यो नतिजाले युनाइटेडको अर्को सिजन युरोपमा खेल्ने सम्भावना बलियो भएको छ ।


खेलको एक मात्र गोल डेनिस अन्तर्राष्ट्रिय खेलाडी प्याट्रिक डोरगुले २४ औं मिनेटमा गरे । यो युनाइटेडका लागि उनको पहिलो गोल पनि रह्यो । दुई महिनायता घरमा प्राप्त जितपछि युनाइटेड १८ खेलबाट २९ अंक भएको छ ।


यो चौथो स्थानमा रहेको चेल्सीसँग अंकमा बराबरी हो । घर बाहिर लगातार खराव खेलिरहेको न्युकासल भने २३ अंकमा ११ औं स्थानमा रह्यो । यो सिजन सबै प्रतियोगितामा गरेर न्युकासलले घर बाहिर १२ खेल खेलेको छ र त्यसमध्ये दुई अवसरमा मात्र विजयी रहेको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →