← समाचारमा फर्कनुस्
Football Aug 09, 2025 · Swadesh

चेल्सीले के उपाधि होडमा चुनौती दिनेछ ?

चेल्सीले के उपाधि होडमा चुनौती दिनेछ ?

(इंग्लिस प्रिमियर लिग २०२५–२०२६ सुरु हुन एक साता मात्र बाँकी छँदा त्यसमा सहभागी हुने टिमको विश्लेषण गर्ने क्रममा अब पालो चेल्सीको । विश्व फुटबलमा असाध्यै लोकप्रिय क्लबमा पर्छ, यो ।)


गत सिजन चेल्सीले दुई महत्त्वपूर्ण उपलब्धीको काम गरेको थियो । एउटा प्रिमियर लिगकै शीर्ष चार स्थान जित्नु । त्यसको अर्थ उसले अबको युरोपेली च्याम्पियन्स लिग पनि खेल्नेछ । अर्को उपलब्धी, क्लब वर्ल्डकप जित्नु । यसको फाइनलमा चेल्सीले जसरी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराएको थियो, त्यो गज्जब नै थियो ।


त्यस फाइनलको स्कोर थियो, ३–० । यसको अर्थ के भने अबको सिजन चेल्सीले प्रिमियर लिगमा मात्र उपाधिका लागि चुनौती पेस गर्ने छैन्, च्याम्पियन्स लिगमा पनि राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ । मूल प्रश्न हो, के चेल्सी यसपल्ट प्रिमियर लिग उपाधि होडमा हुनेछ त ?


यसको उत्तर हो, हुनेछ । लिभरपुल, आर्सनल र म्यानचेस्टर सिटीपछि प्रिमियर लिगमा यो बलियो टिम हो भनेर दाबी गर्न सकिने त चेल्सी नै हो । चेल्सीका प्रशिक्षक हुन्, इटालीका इन्जो मारेस्का । उनले एउटा निकै ठूलै दाबी गरेका छन् र यो हो, अहिलेको चेल्सी टिममा प्रत्येक ‘पोसिजन’ खेल्न सक्ने उत्तिकै राम्रा दुई दुई खेलाडी छन् ।

 

अहिलेका लागि स्टायनफोर्ड ब्रिज सकारात्मक उत्साहले भरिएको मान्न उकिन्छ । पछिल्लो पटक लिगको अन्त्यतिर चेल्सीले लगातार राम्रो खेलेपछि नै शीर्ष चारको स्थान निश्चित भएको थियो । अझ त्यो अन्तिम दिनको उपलब्धी पनि थियो । चेल्सी चाहन्छ, यस्तै खेल जारी रहोस ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →