← समाचारमा फर्कनुस्
Football Feb 24, 2025 · Swadesh

दिपेन्द्रसिंह ऐरी धनगढीको एम्बेसडर नियुक्त

दिपेन्द्रसिंह ऐरी धनगढीको एम्बेसडर नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दिपेन्द्रसिंह ऐरीलाई धनगढी एफसीले आगामी नेपाल सुपर लिग एनएसएल सिजनका लागि आफ्नो एम्बेसडर नियुक्त गरेको छ । 

ऐरी विश्व टी–२० अलराउन्डर खेलाडीको सुचीमा दुई नम्बरमा रहेका छन्। सुदूरपश्चिम प्रदेशका ऐरीले नेपालको तर्फबाट एक दिवसीय ओडीआई र अन्तराष्ट्रिय टी–२० खेलमा प्रतिनिधित्व गर्दै २ शतक र १२ अर्ध शतक प्रहार गरेका छन्। साथै, उनले आफ्नो बलिङमा ८७ विकेट पनि लिएका छन्। 

धनगढी एफसीका अध्यक्ष सुवास शाहीले ऐरीलाई क्लबको एम्बेसडर नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गर्दै भने,–‘दिपेन्द्रसिंह ऐरीले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याएका छन्, जुन सम्पूर्ण सुदूरपश्चिम प्रदेशका लागि गर्वको विषय हो।’ नयाँ एम्बेसडर ऐरीले पनि क्लबसँग आबद्ध हुन पाउँदा खुसी लागेको बताउँदै भने,–‘धनगढी एफसीको एम्बेसडर बन्न पाउँदा म धेरै खुसी छु। हामी सुदूरपश्चिमका खेल प्रेमीहरूलाई सम्झन लायक सिजन दिने प्रयास गर्नेछौँ।’धनगढी एफसीले यसअघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। 

त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राईकर अहमद हिजाजीलाई लोनमा साईन गरेको छ । हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए । जहाँ उनले ४ गोल गर्दै टिमलाई फाईनलसम्म पुर्याएका थिए । धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →