← समाचारमा फर्कनुस्
लिभरपुलका स्टार डियोगो जोटाको दुर्घटनामा मृत्यु

लिभरपुलका स्टार डियोगो जोटा उत्तरी स्पेनको कार दुर्घटनामी मृत्यु भएको छ। पोर्चुगिज फरवार्ड सँगै आफ्ना साथी फुटबलर भाइ २६ वर्षीय आन्द्रेको पनि यसै दुर्घटनामा मृत्यु भएको छ।
ऐतिहासिक शहर भल्लाडोलिडको जामोरा प्रान्त ए-५२ मा ओभरटेक गर्ने क्रममा ल्याम्बोर्गिनीको टायर पड्केर दुर्घटना भएको आशंका गरिएके छ। पोर्चुगलबाट स्पेनको जान यस मार्गको प्रयोग गरिन्छ।
आज बिहान सबेरै कार सडकबाट खस्यो, पल्टियो र त्यसपछि आगोमा विस्फोट भएको थियो।
जोटाले भर्खरै उनले आफ्नी बाल्यकालकी प्रेमिका रुटे कार्डोसोसँग दुई हप्ता अघि मात्र विवाह गरेको थियो।
कास्टिला र लियोन क्षेत्रका आपतकालीन सेवाहरूले बिहीबार बिहान लगभग १२.३५ बजे दुर्घटना र दुई जनाको मृत्युको पुष्टि गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |