← समाचारमा फर्कनुस्
Football May 13, 2025 · Swadesh

प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धीरेन्द्रको गोल, सरस्वतीको सहज जित

प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धीरेन्द्रको गोल, सरस्वतीको सहज जित

काठमाडौं। प्रतिबन्ध फुकुवा भएको पहिलो खेलमै धीरेन्द्रबहादुर शाहको गोलसँगै सरस्वती युवा क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा सरस्वतीले वीरगन्ज युनाइटेडविरुद्ध ३–० को सहज जित दर्ता गरेको हो।

सरस्वतीलाई जित दिलाउन ज्ञानेन्द्र जोशी, नरेशकुमार खत्री र धीरेन्द्रबहादुर शाहले गोल गरे।

खेलको १८औं मिनेटमा ज्ञानेन्द्रको गोलमार्फत सरस्वतीले अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता बनाएको सरस्वतीका लागि ५६औं मिनेटमा नरेशले गोल गर्दै अग्रता दोब्बर बनाए।

त्यसपछि धीरेन्द्रले ७२औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३–० को सहज जित दिलाए। धिरेन्द्रले प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै गोल गरेका हुन्।

नयाँबस्तीका टिम म्यानेजर विकास राईले चैत ७ गते आफ्नो क्लबसँग भएको खेलमा धिरेन्द्रविरुद्ध उजुरी गरेका थिए। यो खेलमा सरस्वती १–० ले विजयी भएको थियो। त्यसपछि एन्फाले धिरेन्द्रलाई प्रतिबन्ध लगाउँदै सरस्वतीको अंक खोसेको थियो। तर मंगलबार उजुरी उपर छानबिन गर्दा धीरेन्द्रले विभिन्न मितिमा टुसाल र सरस्वतीसँग लिग खेल्न सम्झौता गरेको देखिएले एन्फा अनुसाशन समितिले उनलाई खेल्न दिने निर्णयगरेको थियो। यस्तै सरस्वतीलाई खोसिएको अंक पनि फिर्ता गरिएको थियो।

जितसँगै ११ खेलमा १५ अंक जोडेको सरस्वती आठौं स्थानमा उक्लिएको छ। पराजित वीरगन्ज चौथो स्थानमा झरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →