धार्पा एफसी मालिकादेवी कप च्याम्पियन

सिन्धुपाल्चोक । चौथो संस्करणको मालिकादेवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका धार्पा युवा क्लबले जितेको छ।
मेलचौरस्थित दरबार डाँडा खेल मैदानमा शनिबार भए फाइनल खेलमा सुनकोशी बी लाई ३–० गोलले हराउँदै धार्पा च्याम्पियन बनेको हो।
पहिलो हाफमा १–० को अग्रता बनाएको धार्पाले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो।
च्याम्पियन धार्पाले नगद एक लाख ५५ हजार ५५५ र ट्रफी जित्यो भने उपविजेताले सुनकोशी बी ले नगद ७७ हजार ७७७ मा चित्त बुझायो।
यस्तै, प्रतियोगितामा सागर तामाङ उत्कृष्ट खेलाडी, सन्दीप कार्की सर्वाधिक गोलकर्ता, सुसन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर आदेश सिवाकोटी, उत्कृष्ट डिफेन्डर भ्रिगान किरण सिंह, उत्कृष्ट प्रशिक्षक सागर लामा तथा राई एफसीले टिम फियर प्लेको अवार्ड हात पार्यो।
राई एफसीले पाँच हजार पायो भने अन्य ब्यक्तिगत विधाका हरेक खेलाडीले नगद तीन हजार ट्रफी र प्रमाण पत्र हात पारे। प्रतियोगिताको समापन समारोहमा पूर्व स्वास्थ्यमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ का सासंद मोहनबहादुर बस्नेत प्रमुख अतिथि रहेका थिए। बस्नेतले विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई मेडल प्रमाण पत्र हस्तास्तरण गरेका थिए।
मेलचौर युवा जागरण समाजद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलको खेलमा सुनकोशी बी ले राई एफसीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो भने यस्तै, दोस्रो सेमिफाइनलमा चौतारा स्पोर्टिङ क्लबलाई पेनाल्टीमा ३–४ गोल अन्तरले हराउँदै धार्पा एफसीले सुनकोशीसँग उपाधि भिड्न्त पक्का गरेको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |