← समाचारमा फर्कनुस्
पुर्नआगनको पहिलो खेलमा डेपोर्टिभोको बराबरी

स्पेनी ला लिगामा पुर्नआगमन गरिरहेको डेपोर्टिभो लाकुरुनाले सोमबार एल्चेसँग १–१ को बराबरी खेलेको छ । यससँगै डेपोर्टिभोले स्पेनी माथिल्लो डिभिजनमा आठ वर्षपछि पहिलो खेल खेलेको छ । डेपोर्टिभो सन् २०१७/२०१८ को सिजन रेलिगेसनमा परेको थियो ।
त्यसयता पूर्व लिग च्याम्पियन रहेको टिम तेस्रो डिभिजनसम्म झरेको थियो । गत सिजन भने ला लिगा टु को उप विजेताका रूपमा माथि उक्लेको हो । डेपोर्टिभोले सन् १९९०/२००० सिजन ला लिगा उपाधि पनि जितेको थियो ।
यसपल्टको खेलमा उसका लागि आर्सनलका पूर्व खेलाडी ३७ वर्षीय पिएरे एमरिक अबमायोङले २१ औं मिनेटमा गोलको खाता खोले । त्यसपछि मार्क एगुडोले ७६ औं मिनेटमा एल्चेका लागि बराबरी गोल फर्काए ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |