← समाचारमा फर्कनुस्
Football Aug 10, 2025 · Swadesh

प्यालेसले जित्यो कम्युनिटी सिल्ड

प्यालेसले जित्यो कम्युनिटी सिल्ड

क्रिस्टल प्यालेसले आइतबार पहिलो पटक कम्युनिटी सिल्डको उपाधि जितेका छ । एफएकप विजेताले वेम्बलीमा भएको खेलमा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको हो । प्यालेसको जितमा गोलरक्षक डिन हेन्डरस नायक रहे र उनले दुई बचाउ गरे ।

निर्धारित समयको खेल २–२ को बराबरीमा टुंगेपछि प्रतिस्पर्धा टाइब्रेकरमा गएको हो । लिभरपुलले दुई पल्ट अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् । डेब्यु गरिरहेका ह्युगो एकिटिकेले चौथो मिनेटमा लिभरपुलका लागि पहिलो गोल गरे ।

जिन–फिलिप माटेटाले प्यालेसका लागि पेनाल्टीबाट १७ औं मिनेटमा बराबरी गोल फर्काए । डेब्यु गरिरहेका अर्का खेलाडी जेरेमी फ्रिमपोङले २१ औं मिनेटमा गोल गर्दै लिभरपुललाई फेरि अग्रता दिलाए । प्यालेसले ७७ औं मिनेटमा फेरि बराबरी गोल फर्काएको थियो र त्यो इस्माइल सारको नाममा रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →