← समाचारमा फर्कनुस्
Football Nov 15, 2025 · Swadesh

क्रोएसिया भयो विश्वकपमा छनोट

क्रोएसिया भयो विश्वकपमा छनोट

क्रोएसियाले विश्वकप २०२६ मा शुक्रबार राति आफ्नो स्थान सुरक्षित गरेको छ । यसका लागि उसले युरोपेली छनोटमा फारो आयरल्यान्डलाई ३–१ ले हरायो । फारोले जेजा डेविडको गोलले अप्रत्यासित अग्रता लिएपछि क्रोएसियाका लागि जोस्को ग्रारिडोल, पिटर मुसा र निकोला भ्लासिचले गोल गरे ।


सन् २०१८ विश्वकप उप–विजेतालाई अब समूह ‘एल’ मा कसैले उछिन्न सक्ने छैन् । यसै समूहका मोन्टेनेग्रोले जिब्राल्टरलाई ३–१ ले हरायो । यस्तै नेदरल्यान्ड्स पनि छनोटको नजिक पुगेको छ । समूह ‘जी’ मा पोल्यान्डले नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा रोकेको हो ।


जर्मनीले आफ्नो छनोटका लागि अन्तिम खेल कुर्नु पर्नेछ । निक वाल्टेमोडको दुई गोलका मदतले जर्मनीले लक्जेम्बर्गलाई २–० ले हरायो । जर्मनीको समूह ‘ए’ अर्को खेलमा स्लोभाकियाले उत्तरी आयरल्यान्डलाई १–० ले पराजित गर्‍यो ।


अन्य खेलमा फ्रान्सले युक्रेनलाई ४–०, आयरल्यान्डले पोर्चुगललाई २–०, माल्टाले फिनल्यान्डलाई १–०, इटालीले मोल्डोभालाई २–०, इंग्ल्यान्डले सर्बियालाई २–० र अल्बानियाले एन्डोरालाई १–० ले हरायो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →