
काठमाडौं। नेपाल–यूएई अन्डर लाइट्स टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत हुने टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपालले आफ्नो टिम घोषणा गरेको छ। कप्तानमा दीपेन्द्र सिंह ऐरी चयन हुँदा टोलीमा अनुभवी र युवा खेलाडीको राम्रो समिश्रण देखिएको छ।
टोलीमा स्टार लेग स्पिनर सन्दीप लामिछाने, ओपनर कुशल भुर्तेल, अलराउन्डर कुशल मल्ल तथा आक्रामक ब्याटर सन्दीप जोरा समावेश छन्। विकेटकिपरको जिम्मेवारी आसिफ शेखले सम्हाल्नेछन् भने बसिर अहमद, गुल्शन झा र लोकेश बम रहेका छन्।
त्यसैगरी टोलीमा नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, शाहब आलम र शेर मल्ल पनि परेका छन्।
नेपाल क्रिकेट संघ ९क्यान०ले सार्वजनिक गरेको यस टोलीमा वैकल्पिक खेलाडीका रूपमा प्रतिश जीसी, नारायण जोशी र राशिद खान राखिएका छन्।
Comments
No comments yet.

Nepal's top Sport Platform
Contact
For Advertisement: [email protected]