Share on:

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको'क्लीन स्वीप'
October 21st, 2024

काठमाडौँ । नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको छ।

सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै सिरिजमा क्लीन स्वीप गरेको हो।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।

नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गरे। आसिफले टी–२० क्रिकेटमा छैटौं अर्धशतक बनाएका हुन्। त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाएका थिए।

त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १५६ रन बनाएको थियो।

अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिएका थिए भने रिजन ढकाल र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

योसँगै नेपालले ३ खेलको सिरिज ३(० ले जितेको छ । नेपालको टी(२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो ।

नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग(२ को सिरिज खेल्ने छ ।


Swadesh Maharjan | October 21st, 2024

Comments

No comments yet.