← समाचारमा फर्कनुस्
Football Dec 07, 2025 · Swadesh

कोमोमाथि इन्टरको सजिलो जित

कोमोमाथि इन्टरको सजिलो जित

इन्टर मिलानले शनिबार इटालीको सिरी ए को शीर्ष स्थानमा उक्लिनका लागि कोमोलाई सजिलै ४–० ले हराएको छ । सानसिरोमा प्राप्त जितमा लउटारो मार्टिनेज, मार्कस थुराम, हाकान काहानग्लु र कार्लोस अगस्टुले एक एक गोल गरे ।


त्यसमध्ये तीन गोल दोसे हाफमा अन्तिम आधा घण्टाको खेलमा प्राप्त भएको थियो । यो जितपछि इन्टरको १४ खेलबाट ३० अंक भएको छ ।


उसको पछाडि एसी मिलानको २८,, नेपोलीको २८ र एएस रोमाको २७ अंक रहेको छ ।  अन्य खेलमा ससुलोले फियोरेन्टिनालाई ३–१ ले हरायो भने हेलास भेरोना एटलान्टमाथि ३–१ को जित दर्ता गर्न सफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →