← समाचारमा फर्कनुस्
Football Aug 10, 2025 · Swadesh

कम्युनिटी सिल्ड प्रिभ्यु लिभरपुल प्यालेसको सामना गर्दै

कम्युनिटी सिल्ड प्रिभ्यु  लिभरपुल प्यालेसको सामना गर्दै

लिभरपुलका प्रशिक्षक आर्ने स्लटसामु नयाँ सिजनको पहिलो खेलमै उपाधि जित्ने मीठो अवसर रहेको छ, जति बेला इंग्लिस प्रिमियर लिग च्याम्पियनले कम्युनिटी सिल्डको खेलमा क्रिस्टल प्यालेसको सामना गर्दैछ । गत सिजन लिभरपुलले कीर्तिमान बराबरी गर्दै २० औं लिग उपाधि जितेका थियो ।


त्यो पनि चार चरणको खेल अगाडि नै । अबको सिजन भने लिभरपुल एक प्रकारले नयाँ जस्तै देखिनेछ, किनभने क्लबले नयाँ खेलाडीमा ४० करोड २० लाख डलर खर्च गरिसकेको छ । वेम्बलीमा हुने खेलमा चार नयाँ खेलाडीका लागि आफ्ना समर्थकलाई प्रभावित पार्ने अवसर हुनेछ ।


ती हुन्, फरवार्डका फ्लोरिन विर्टज र ह्युगो इकिटिके । अनि फुलब्याकका मिलोस केरकेज र जेरेमी फिरपोङ । नयाँ सिजन सुरु भयो भनेर सूचना दिने पारम्परिक पहिलो खेलमा प्रिमियर लिग च्याम्पियनको अगाडि हुनेछ, एफएकप विजेता प्यालेस ।


‘साधारणतया कुनै उपाधि जित्न धेरै खेल खेल्नु पर्ने हुन्छ,’ स्लट भन्छन्, ‘अहिले हामीसामु सिजनकै पहिलो खेलमा उपाधि जित्ने अवसर छ । गाह्रो के भने हाम्रो सामु प्यालेस छ र यो बलियो टिम हो । फेरि एकै खेलमा सकिने प्रतिस्पर्धा जित्न पनि गाह्रो हुन्छ ।’


गत सिजन एफएकप फाइनलमा म्यानचेस्टर सिटीमाथि सनसनीपूर्ण १–० को जित निकालेको प्यालेस पहिलो पल्ट कम्युनिटी सिल्ड खेल्दैछ । यति बेला क्लबका केही अन्यौलता भने रहेको छ, किन भने उसले युरोपा लिग छाडेर यूएफए कन्फ्रेन्स लिग खेल्नु पर्ने हुन्छ ।


अमेरिकी धनाद्य जोन टेक्टरको प्यालेसमा लगानी छ र उनको युरोपा लिग खेल्न फ्रान्सेली क्लब लियोनमा पनि स्वामित्व छ । तर प्यालेसले यूईएफएको निर्णयविरुद्ध अपिल भने गरेको छ । खेलाडी स्थानान्तर बजारमा पनि प्यालेस चुपचाप नै रहेको छ ।

 

प्यालेस प्रशिषक ओलिभर ग्लेसनर भन्छन्, ‘अहिले हामी ठ्याक्कै नयाँ परिस्थितिमा खेलिरहेका छौं । गत सिजनको तुलनामा हाम्रो टिम पनि फरक रहेको छ । स्थिति जस्तै भए पनि हाम्रोसामु नयाँ सिजनलाई लिएर उत्साहित हुने र सकारात्मक रहनु पर्ने हुन्छ ।’

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →