← समाचारमा फर्कनुस्
कम्युनिटी सिल्ड आर्सनलको कब्जामा

इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले आइतबार कम्युनिटी सिल्डको उपाधि जित्नका लागि म्यानचेस्टर सिटीलाई सजिलै ३–० ले हराएको छ । खेलको सुरुदेखि प्रतिस्पर्धामा छाएको आर्सनलले अन्त्यसम्म त्यसलाई कायम राखेको थियो ।
कार्डिफको मिलेनियम स्टेडियममा भएको खेलमा मिखेल मार्टेटाको आर्सनलले रिकार्डो कालाफिरीले पहिलो मिनेटमै गरेको गोलको मदतले सानदार सुरुआत लिएको थियो । काइ हार्भेटेजले २८ औं मिनेटमा दोस्रो गोल गरे । दोस्रो हाफको ४८ औं मिनेटमा मार्टिन ओडेगार्डले तेस्रो गोल गरे ।
एफएकप विजेता सिटीले पूरा खेल अवधिमा बलियो चुनौती पेस गर्न सकेन् । प्रशिक्षक पेप ग्वार्डिओलाले छाडेयता सिटीले पहिलो पटक खेलिरहेको हो । कम्युनिटी सिल्डमा प्रिमियर लिग च्याम्पियन र एफएकप विजेताबीच खेल हुने गर्छ र यसले इंग्लिस फुटबलमा नयाँ सिजन सुरु भएको संकेत गर्छ ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |