← समाचारमा फर्कनुस्
सिटीको विजयी शुरुवात

काठमाडौँ । फिफा क्लब विश्वकपमा म्यानचेस्टर सिटीले विजयी सुरुआत गरेको छ।
बुधबार राति सम्पन्न समुह जी अन्तर्गतको खेलमा इंग्लिस क्लब सिटीले मोरक्कोको क्लब वीडाड एसीलाई २-० गोल अन्तरले पराजित गरेको हो।
सिटीको जितमा फिल फोडेन र जेरेमी डोकुले एक एक गोल गरे। खेलको दोस्रो मिनेटमा नै फोडेनले गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए। ४२औँ मिनेटमा डोकुले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे।
खेलको ८८औँ मिनेटमा रिको लेविसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सिमित भएको थियो।
जितसँगै समुह जी मा रहेको सिटीले ३ अंक जोडेको छ। सिटीले अर्को खेल जुन २३ मा अल ऐनविरुद्ध र जुन २७ मा युभेन्टसविरुद्ध खेल्ने छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |