← समाचारमा फर्कनुस्
Football Nov 03, 2025 · Swadesh

सिटीका लागि हालान्डको दुई गोल

सिटीका लागि हालान्डको दुई गोल

इर्लिङ हालान्डले दुई गोल गरेपछि म्यानचेस्टर सिटीले आइतबार बर्नमाउथलाई ३–१ ले हराएको छ र यससँगै अंक तालिकाको दोस्रो स्थानमा चढ्न सफल रह्यो ।


इतिहाडमा हालान्डसँगै निको ओरिले एक गोल गरे । बर्नमाउथका लागि भने टायर एडम्सले एक गोल फर्काए । यो सिजन क्लब र आफ्नो देशका लागि हालान्डले गरेको गोल संख्या २६ पुगेको छ ।


यो जितपछि सिटीको १० खेलबाट १९ भएको छ । आर्सनल समान खेलबाट २५ अंकमा शीर्षमा छ र यो सिटीमाथि छ अंकको अग्रता हो ।  


हारले बर्नमाउथ १८ अंकमा चौथो स्थानमा छ । बर्नमाउथसामु यो खेल जितेर दोस्रोमा उक्लने अवसर थियो, तर त्यसलाई हात पार्न असफल रह्यो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →